जुम्लामा पहिरोमा पुरिएर एकैघरका पाँचजनाको मृत्यु, दुई बेपत्ता
- Eraibar
- २०७९ आश्विन २२, शनिबार १०:५६
- 150 Shares

धनगढीः जुम्लामा पहिरोमा पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बाराकोटे बाडा भन्ने ठाउँमा गएराती पहिरोमा पुरिएर यस्तो घटना भएको हो ।
पहिरोमा पुरिएर सोही ठाउँका गणेशबहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।
यस्तै घटनास्थलमा दुईजना घाइते फेला परेका छन् । रामबहादुर हमाल र सरस्वती हमाल घाइते रहेको र अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
-
‘घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !
२०८२ मंसिर १८, बिहीबार १०:३८ -
एनपीएलमा आज दुई खेल हुदै : पोखरा-काठमाण्डु र सुदूरपश्चिम-चितवन बीच प्रतिस्पर्धा हुने
२०८२ मंसिर १८, बिहीबार १०:५० -
प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए
२०८२ मंसिर १८, बिहीबार १०:५८ -
दार्चुलामा भूकम्पको धक्का
२०८२ मंसिर २१, आईतवार १०:१० -
आज अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
२०८२ मंसिर १७, बुधबार ०९:४५




प्रतिकृया दिनुहोस्