अछाममा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु, ११ जना बेपत्ता

धनगढी : अछाममा पहिरो जाँदा १२ जानको मृत्यु भएको छ । भने ११ जना बेपत्ता भएका छन। अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डीएसपी नारायण डाँगीले अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।
प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको छ । यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए। अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए।

अछामका प्रमुख जिल्ला अधिकारी रिजालले पहिरोले घर पुरिदा तुर्माखाद गाउँपालिका, काँडामा ९ जना, कमलबजार नगरपालिकामा ७ जना र ढकारी गाउँपालिकामा २ जना वेपत्ता भएको बताए । सवैतिर प्रहरी टोली पुगेर उद्धार कार्य शुरु गरिएको उनले बताए ।
सबै उद्धार कार्यमा जुटेकाले घटनाको विस्तृत विवरण अझै आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको र कति मानवीय क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ ।
चार दिनदेखि निरन्तर आएको वर्षाले गर्दा सबैबाटो अबरुद्ध भएका कारण प्रहरी घटनास्थल पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।





प्रतिकृया दिनुहोस्