बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना केहीबेरमा सुरु हुने भएको छ । मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको हो ।
मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत लक्षण कडायतले जानकारी दिएका हुन । “सर्वदलीय बैठक बस्दैछ, केहीबेरमा मतगणना सुरु हुन्छ,” उनले भने । ढिलोमा १० बजेसम्म मतगणना सुरु हुने उनको भनाइ छ ।
नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको हो । बिहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो ।
नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उमेदवार छन् । कांग्रेसका उमेदवार खातीलाई गठबन्धनको समर्थन छ ।





प्रतिकृया दिनुहोस्