प्रमाण नपुगेपछि मेयर चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचल्ने
अछाम : सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेपछि मेयर अम्बिका चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेकी अछाम पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउनेविरुद्ध मुद्दा नचल्ने भएको हो ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मेयर चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । मेयर चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि मुद्दा चलाइएको छैन । हत्यामा संलग्न रहेको आरोपमा अन्य १० जनाविरुद्ध मुद्दा चलाइएको छ ।
कक्षा–१० मा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही गएको जेठ २१ गते बिहान १० बजेर २० मिनेटमा मृतावस्थामा फेला परेका थिए ।
पन्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, शाही र शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो ।
मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।





प्रतिकृया दिनुहोस्