April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा घरभित्रै पस्यो चितुवा, दुईजना घाइते

डोटी : डोटीमा घरभित्रै चितुवा पसेको छ । दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको छ । चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको छ । आक्रमणबाट घाइते भएका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन्। अहिले जिल्ला प्रहरी कार्यालय र डिभिजन बन कार्यालय डोटीको टोली लगायत स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ।