April 18, 2026, Saturday
२०८३ बैशाख ५

अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

अछाम : अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।

धनगढीबाट जाँदै गर्दा आज बिहान ४ बजे दुर्घटना भएको हो ।साँफेबगरमा गाडी पल्टिएको बताइएको छ। दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका छन् । उनको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक विष्टले बताए। गाडीमा ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाही, उनका १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका प्रवक्ता विष्टले बताए । उनीहरु सबै सकुशल छन् ।