बझाङमा जीप दुर्घटना : एकजनाको मृत्यु, आठ जना घाइते
- Eraibar
- २०७९ बैशाख ४, आईतवार १२:१९
- 92 Shares

बझाङ : बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आठजना घाइते छन् । बझाङको बित्थडचिर गाउँपालिका–४, देउलेख बजारनजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीपमा सवार सुर्मा गाउँपालिका–१ का २७ वर्षीय विनोद बोहोराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा देउलेखस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जनाइएको छ ।
आठजना घाइतेमध्ये सातजनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । एकजनालाई उपचारका लागि धनगढी पठाइएको छ ।
बझाङको चैनपुरबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ००९५ नम्बरको जीप गए राति करिब साढे १२ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्