June 16, 2026, Tuesday
२०८३ असार २

कांग्रेस सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका बलायर प्यानलको फराकिलो जित

धनगढी: नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनबाट सभापतिमा संस्थापन पक्ष (देउवा) का वीरबहादुर बलायर विजयी भएका छन्। बलायरले निकटतम प्रतिद्वन्द्वी पौडेल र कोइराला पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मत अन्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।

खसेको १ हजार ३ मत मध्ये बलायरले ६ सय ८८ र मिश्रले २ सय ८० मत पाएका हुन्।

बलायरसँगै पदाधिकारीमा देउवा प्यानल विजयी भएका छन्। उपसभापतिद्वय जनकराज चौधरी (६१०), लोकराज अवस्थी (५२३), महामन्त्रीद्वय नरनारायण शाह (मनु) (६४८), मेघराज खड्का (६३५) सह महामन्त्रीमा चिन्तामणि भट्ट (५३३), गोपालदत्त भट्ट (५२९) र अम्बिका चलाउने (६८६) मत ल्याई विजयी भएका छन्। ५१ जना सदस्यहरुको मतगणना भने जारी नै छ।