जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
- Eraibar
- २०७८ मंसिर १५, बुधबार १०:३७
- 386 Shares

कर्णाली (सुर्खेत) मङ्सिर १५ (ई-रैवार)
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।
बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।
बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
फाइल फोटो:
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्