दिपायलमा जलवायु परिवर्तन सम्बन्धि पत्रकारिता तालिम सुरु

दिपायल, मंसिर १५ (ई-रैवार)
डोटी र बाजुरामा क्रियाशिल पत्रकारहरुका लागि जलवायु परिवर्तन सम्बन्धी तिनदिने तालिम दिपायलमा सुरु भएको छ । पत्रकारहरुलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन सम्बन्धि समाचार सम्प्रेशणमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालीम सन्चालन गरिएको हो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले गर्नेछ्न । तालीममा एउटा कक्षा डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले पनि लिने आयोजकले जनाएको छ ।
तालीमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्टले जलबायु परिवर्तनसंग सबै मानिस कुनै न कुनै किसिमले जोडिने बताए । ‘जलवायु परिवर्तनसंग विश्व समुदाय जुझिरहेको छ,’ उनले भने,’यसमा नेपाल र हामी सबै नागरिक कुनै न कुनै किसिमले जोडिएका छौ ।’ यहि कारण पछिल्लो समय विभिन्न प्राकृति विपदहरु निम्तिरहेको उनले बताए ।
यस्तो अवस्थामा पत्रकारहरुलाइ यही बिषयको तालिम दिनु अत्यन्त आवश्यक र सान्दर्भिक रहेको उनले बताए । कारितास नेपाल र सामुदायिक विकास मञ्च डोटीको सहकार्यमा सञ्चालित सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजनाको आयोजनामा यो तालिम सञ्चालन भइरहेको छ ।





प्रतिकृया दिनुहोस्