April 24, 2026, Friday
२०८३ बैशाख ११

एमालेको भविष्य सकियो, आगामी निर्वाचनमा पत्तासाप हुन्छः नेपाल

डडेल्धुरा कार्तिक २४(ईरैवार)

पुर्व प्रधानमन्त्री एबं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा नेकपा(एमाले)को पत्तासाप हुने बताएका छन् । नेकपा (एमाले) पुरानो अवस्थामा नरहेर अहिले केवल केपी शर्मा ओली गुटमा परिणत भएको बताउदै उनले यस्तो बताएका हुन् ।

बुधबार डडेल्धुरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच पार्टीको गठबन्धन समेत हुने बताए । ‘अहिले पाँच दलको गठबन्धन छ।

आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं। त्यो पाँचै दलबीच सहमति भइसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ।’उनले ओलीकै कारण एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे।

अध्यक्ष नेपालले नेकपा एमालकेो चुनाव चिन्ह ‘सुर्य’ आफूले ल्याएको दाबी गर्दै अब त्यसमा ग्रहण लागिसकेको बताएका छन् । पार्टीको कार्यक्रममा आफूले ल्याएको सूर्यमा ग्रहण लागिसकेको बताउँदै न्याय पक्षमा उभिएर कलम लिएर आएको अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ । तर, के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौँ । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली नेकपा एकीकृतमा प्रवेश गरेको छ ।