April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ, कात्तिक १५ (ई-रैवार)

नेपालमा आज थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९० जना निको भएका छन् । हालसम्म ७ लाख ९२ हजार २७७ जना कोरोना  संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।