April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदूरपश्चिममा जहीँतहीँ भीषण बाढी

धनगढी कार्तिक २(ई-रैवार)
लगातारको बर्षापछि सुदूरपश्चिमका अधिकांश खोलानाला र नदीहरुमा भीषण बाढी आउन थालेको छ । पहाडका खोलानाला र नदीहरुमा दशककै ठुलो बाढी आउदा तराईमा डुबान र कटानको जोखिम बढ्दै गएको छ ।
पहाडमा सेती नदीमा दशकयताकै ठुलो बाढी आएको छ भने, तराईमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाकालीको बहाव तीन लाख क्युसेक नाघेको छ। महाकाली र कर्णालीको बहाबक्षेत्र पहाडी क्षेत्रदेखी नै बहाब बढ्दै गएपछि अत्याधिक जोखिम बढेको छ ।


भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताए। शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ।