April 25, 2026, Saturday
२०८३ बैशाख १२

डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण

डोटी, साउन ३ (ई–रैवार)

डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन गर्न नपाउने १ हजार ९१ बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको हो।

सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले जिल्लाका तीन स्थानीय तहका कूल एक हजार ९१ बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरेको हो।

स्व–अध्ययन सामग्री वितरण गरेका बालबालिकामध्ये पूर्वीचौकी गाउँपालिका–१ का ४४८, सायल गाउँपालिका–४ र ५ का ४७६ तथा आदर्श गाउँपालिका–१ का १६७ रहेका छन्। बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको सामुदायिक विकास केन्द्रका परियोजना संयोजक टङ्क जोशीले जानकारी दिए।

जोशीले अनुसार कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको र पढाइ पनि हुन नसकेकामा उनीहरुको सिकाइ तथा पढाइ निरन्तरका लागि स्व–अध्ययन सामग्री वितरण गरिएको हो। वितरण गरिएको सामग्रीमा स्व–अध्ययन पुस्तक, कपी, पेन्सिल, इरेजर, साइनपेन रहेका छन्।

यसैगरी जिल्लाकै सायल, आदर्श, पूर्वीचौकी र दिपायल सिलगढीका सात हजार ५०० बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले जानकारी दिएका छन्।