April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार १६ (ई–रैवार)

सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा पिसिआर बिधिबाट १ सय ६५ नमूनाको परिक्षण गर्दा ४२ र एन्टीजेन बिधिबाट ६ सय ५१ नमूनाको परिक्षण गर्दा २७ जनागरी ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशका कुल कोरोना संक्रमितको संख्या ४३ हजार ७ सय २५ पुगेको छ । संक्रमित मध्ये ३४ हजार ८ सय ८३ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ३० जनाले कोरोना जितेका छन ।

आज पनि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका हालसम्म ५ सय ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।