April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

धनगढी,  जेठ २९ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २०५ जनाको नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा २ जना, र अछामको अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख ४५ हजार ९२७ नमूना परीक्षण गर्दा ४२ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्। हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि भएका ३२ हजार ९९३ जनाले कोरोना जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबार १ जनाको मृत्यु भएको छ। कैलालीका मात्रै १ जनाको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेशमा हालसम्म ५५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।