सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

धनगढी, जेठ २८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा १०० जना, महाकाली अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा ६ जना, डडेल्धुरा अस्पतालमा ११ जनाको नमूना परीक्षण गर्दा ३ जना, डोटी अस्पतालमा ३० जनाको नमूना परीक्षण गर्दा ७ र अछामको कमल बजार प्रयोगशालामा ९ जनाको परिक्षण गर्दा ९ जनामै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख ४५ हजार ८८ नमूना परीक्षण गर्दा ४२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि भएका ३२ हजार ५३६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य निर्देशनालय अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेशभर ५५३ जनाको मृत्यु भएको छ।





प्रतिकृया दिनुहोस्