April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज २८३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

धनगढी, जेठ २४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा ४२८ नमुना पीसीआर र ४ वटा सीमानाकामा १३ सय १६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २८३ जनाको नमूना परीक्षण गर्दा १३० जना, महाकाली अस्पतालमा ४६ जनाको नमुना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १७ जना र अछामको कमलबजार प्रोगशालामा २१ जनाको परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३८ हजार ३४० नमूना परीक्षण गर्दा ४१ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि भएका ३१ हजार १८७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ३ सय ४५ जनाले कोरोना जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका २ जना, डोटी, डडेल्धुरा र बाजुरा र बैतडीका १/१ जनागरि ५ जनाको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेशमा हालसम्म ५४२ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।