डोटी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड विनियोजन

डोटी, जेठ ५ (ई-रैवार)
डोटी अस्पतालमा एक करोड ५० लाख बजेट विनियोजन गरेको छ। जिल्ला अस्पताल डोटीका लागी अक्सिजन प्लान्ट स्थापना गर्ने अर्थ मन्त्रालयले एक करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
बजेट विनियोजन गरेपछि डोटी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
जिल्लामा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना भएपछि बिमारीलाई उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए।
जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार अक्सिजन प्लान्ट कम्तीमा पनि एक महिनामा स्थापना भइसक्ने छ। पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।






प्रतिकृया दिनुहोस्