उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

डोटी, फागुन २ (ई-रैवार)
डोटीमा उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको छ । सञ्चार बिकास नेपाल डोटीद्वारा संचालित सामुदायीक रेडियो बडीकेदारले १०६.२ मेगाहजले पाचँ दिने उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको हो ।
स्थानीय स्तरमा रहेका पत्रकारीता क्षेत्रमा रुची भएकाहरुलाई सहजताहोस भन्ने हेतुले तालिमको आयोजना गरेको रेडियो डोटीका स्टेशनम्यानेजर समेत रहेका सञ्चार बिकास नेपालका अध्यक्ष गणेश मौनीले बताए ।

पत्रकारीता पेशा आफैमा संबेदनशील पेशा हो उनले भने – यस पेशामा प्रवेश गर्ने रुचि भएका जोकोही व्यक्ति लगनशिल, मीहनती, संर्घषशिल हुन आवश्यक छ त्यसैले पत्रकारीताको केही आधारभुत कुराको बारेमा थाहा होस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।
स्थानिय स्थरान पत्रकारीता क्षेत्रमा रुचि भएका घेरै भाईबहीनीहरु छन् तर अवसर नपाएका कारण पत्रकारीता क्षेत्रमा प्रबेश गर्न सकिरहेका छैनन् त्यस्ता भाईबहीनीहरुलाई सहजताहोस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका सचिव चक्र मल्लले बताए ।

तालिमबाट उत्कृष्ठ काम गर्न सक्ने केही व्यक्तिलाई रेडियोमा काम गर्ने अवसर दिईने सचिव मल्लले बताए । तालिममा डोटीको बडीकेदार, जोरायल, बोगटान गाउँपालिका, कैलालीको चुरे, मोहन्याल गाउँपािलका, घनगढी उप महानगरपालिका र गौरीगंगा नगरपालिकाबाट ३१ जना परिक्षार्थिहरुको सहभागिता रहेको छ ।
पाँच दिन सम्म संचालन हुने तालिमको पहिलो दिनको सहजिकरण सामुदायीक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपालेले गरेका थिए । तालिममा सहजिकरण गर्न अन्य सञ्चारकर्मिहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।





प्रतिकृया दिनुहोस्