April 18, 2026, Saturday
२०८३ बैशाख ५

गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर झडप, गाउँपालिका अध्यक्षसहित १४ जना घाईते

बैतडी, असोज २८ (ई-रैवार) 

सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर बुधवार झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ जना घाईते भएका छन् । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर बुधवार झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ जना घाईते भएका हुन् ।

सुर्नया खोला वारि र खोला पारि केन्द्र राख्ने बिषयमा गाउँपालिकामा तीन दिन अघि लगाईएको ताला अध्यक्षले प्रहरी लगाएर खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष समितिबीच झडप हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

झडपमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट र चार जना प्रहरी घाईते भएका छन् । यस्तै संघर्ष समितिका ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा प्रहरी निरीक्षकसहितको थप सुरक्षाकर्मी गईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले तालाबन्दी गरेका थिए। गाउँपालिकाले असोज २२ गते केन्द्र सार्ने निर्णय गरेको थियो ।