मिर्गौला पीडित रोकायालाई ८४ हजार ६ सय रुपैंया सहयोग

डोटी, असोज २५ (ई-रैवार)
मिर्गौला पीडित सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । मिर्गौला पीडित डोटीको शिखर नगरपालिका ११ का २१ वर्षिय सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।
लामो समयदेखि दुईवटै मृगौला फेल भैइ हाल टिचिङ हस्पिटल काठमाडौमा उपचाररत रोकायको जीवन रक्षाका लागि सामाजिक अभियानन्ता दिपेन्द्र सिंह र योगेन्द्र रावतले आर्थिक सहयोग संकलनको अभियान थालेकोबाट आर्थिक सहयोग प्रदान गरिएका हुन ।
आर्थिक सहयोग संकलनको अभियानबाट संकलित ८४ हजार ६ सय रुपैयाँ मृगौला पीडित रोकायको उपचारमा सहयोग पुर्याउन सामाजिक अभियानन्ता दिपेन्द्र सिंह र योगेन्द्र रावत हस्तान्तरण गरेको जनाएको छ ।
स्वदेश तथा विदेशमा रहेका सहयोगी हातबाट संकलित रकम आईतबार ग्लोबल आइएमई बैंक डोटी शाखामा जम्मा गरिएको हो । उनको उपचारमा सहयोग पुर्याउनका लागि डोटी सहित देशका विभिन्न स्थानमा “सुरेश रोकाय बचाउ अभियान” थालिएको सिंहले बताए ।
२०७२ सालदेखि दुबै मृगौलाले काम गर्न छोडेका रोकायको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । सोही कुरालाई मध्यनजर गरि डोटीबाट सुरेश रोकाया बचाउ अभियान थालेको थियो । युवाहरुको मेहेनत,सक्रियता ,सहयोगिदाताको सहयोगमा उक्त रकम संकलन गरि पीडित रोकायलाई उपचारमा सहयोग पुर्याउन सकिएको समाजसेवी युवा सिंहले जानकारी दिए ।






प्रतिकृया दिनुहोस्