April 18, 2026, Saturday
२०८३ बैशाख ५

राँगाको मासु खाँदा १४ जना बिरामी, महाकाली अस्पतालमा उपचार हुदै

कञ्चनपुर, असोज १६ (ई-रैवार) 

राँगाको मासु खाँदा कञ्चनपुरमा १४ जना बिरामी भएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जनाले राँगाको मासु खाँदा बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन् ।

बिरामी हुनेमा सहवीर तामाङ, लक्ष्मी तामाङ, हरिश तामाङ, चेतन तामाङलगायत रहेका छन्।  उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ। बिरामीमा झाडापखाला, ज्वरो, बान्ता भएको अस्पतालले जनाएको छ। राँगो काटेर मासु बिक्री गर्ने चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘बिहीवार राति राँगाको मासु खाएर सुतेका थियौं,’ स्थानीय विनोद लुहारले भने, ‘विहान नहुदै राँगाको मासु खाएका टोलका सबै जनामा झाडापखाला, ज्वरोसँगै बान्ता हुन थालेपछि उपचारका लागि महाकाली अस्पतालमा उपचारका लागि पुगेका छौं।’ बिरामी हुनेमा महिला, वृद्धवृद्धा, बालबालिका समेत रहेका छन् ।