आईपीएल : आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्ने
- Eraibar
- २०७७ आश्विन १४, बुधबार १४:११
- 10 Shares

एजेन्सी, असोज १४ (ई-रैवार)
इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ ।
यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने छ । राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्य एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
गएराति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको थियो ।
- देउवा समूहको कांग्रेस महाधिवेशन तीन स्थानमा, खुलामञ्चमा मुख्य कार्यक्रम
- निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन-प्याब्सनलाई निलम्बन
- एनपिएलमा सुदूरपश्चिम प्रदेशका ३० खेलाडी, कञ्चनपुरका मात्रै १३ जना
- सामाजिक विकास समितिमा अड्किएका विधेयक अघि बढाउन कांग्रेसको आग्रह
- ‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौनसम्पर्क जबरजस्ती करणी हुँदैन’
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्