April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

डोटी, आश्विन १ (ई-रैवार)

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा  थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ७६ जनाको कोरोना परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो २४ घण्टामा ७६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका १७ जना  र अछामका १७ जनामा संक्रमण पुष्टि भएको हो।

डोटीको केआइसिंह गाउँपालीकाका शिखर नगरपालिकाका ७ जना पुरुष, १ जना महिला, दिपायल सिलगढी जगरपालिकाका ५ जना पुरुष, र अछामको साफेबगरका १३ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टी भएको हो ।