March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो, मृतकको संख्या ७८ हजार ६ सय १४ पुग्यो

काठमाडौं, भदौ २८ (ई-रैवार) 

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको हो ।

वर्ल्डोमिटर्सका अनुसार आइतबार भारतमा ९४ हजार ४ सय ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८ सय ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६ सय १४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।