तलब भत्ताको माग गर्दै आन्दोलित भए धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू
धनगढी । धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू आइतबारदेखि आन्दोलित भएका छन् । विगत छ महिनादेखि तलब भत्ता नपाएपछि उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी...






