पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं, साउन ११ (ई-रैवार) सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उनको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ...






