विश्वमा शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ११ (ई-रैवार)
विश्वमा शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमणका कारण शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु भएको हो ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ३५ हजार १ सय ७३ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ५५ लाख ८१ हजार ९ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिरहेका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ ।
भारतमा शनिबार मात्रै ४८ हजार ९ सय १६ संक्रमित थपिए
भारतमा शनिबार ४८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार भारतमा ४८ हजार ९ सय १६ संक्रमित थपिएका छन् ।
शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३ सय १० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार ८ सय ६१ पुगेको छ । मृत्यु हुनेको संख्या ३१ हजार ३ सय ५८ पुगेको छ ।
लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा छ ।
कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या २सय ६ पुग्यो, विदेशमा १ सय ६१ मृत्यु
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ पुगेको छ । भने विदेशमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।
गैरआवासीय नेपाली संघका अनुसार विश्वका ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।
अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।
गैरआवासीय नेपाली संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ । विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार भएको छ ।
प्रतिकृया दिनुहोस्