कञ्चनपुरमा वडाध्यक्ष माथि कुटपिट

कञ्चनपुर, साउन ११ (ई-रैवार)
कञ्चनपुरमा एक वडाध्यक्ष माथी कुटिएका भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको हो ।
स्थानीय ८ जनाको समूहमा आएका व्यक्तीहरूले कुटपिट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छन । अध्यक्षले कुटपिट वारे जानकारी दिएकोले कुटपिटबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक रावलले जानकारी दिएका छन ।
छलफलको क्रममा विवाद सृजना भएपछि विहान ११ बजेतिर नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा कार्यालयमा तोडफोड गर्दै आफूमाथि आक्रमण गरेको अध्यक्ष महराले बताए। यता ठगुन्नाले भने छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको बताएका छन् ।





प्रतिकृया दिनुहोस्