April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

गौरीगंगा नगरपालीकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द

गौरीगंगा नगरपालीकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द

धनगढी, असोज १३ (ई-रैवार)  गौरीगंगा नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको हो । मंगलबार विज्ञिप्त जारी गर्दै नगरपालिकाले आजकै मितीबाट असोज २० गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। गौरीगंगा…

बैतडीको मेलौली नगरपालिका १७ गते सम्मका सिल

बैतडीको मेलौली नगरपालिका १७ गते सम्मका सिल

बैतडी, असोज १३ (ई-रैवार) बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । मंगलबार नगरपालिकाका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टका अनुसार नगरपालिकाका सवारी चालक र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । नगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते…

  • बैतडीको पाटन नगरपालिका कागजात अख्तियारको नियन्त्रणमा

    बैतडीको पाटन नगरपालिका कागजात अख्तियारको नियन्त्रणमा

    बैतडी, असोज १३ (ई-रैवार)  बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, असोज १३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको परीक्षण हुदा  १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि...

  • भरुवा बन्दुक सहित कञ्चनपुरमा दुई जना पक्राउ

    भरुवा बन्दुक सहित कञ्चनपुरमा दुई जना पक्राउ

    कञ्चनपुर, असोज १३ (ई-रैवार) भरुवा बन्दुक सहित प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर- १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार  पक्राउ...

  • सुदूरपश्चिम प्रदेश सरकारको कार्यविधिमाथि उच्च अदालतको कारण देखाउ आदेश

    सुदूरपश्चिम प्रदेश सरकारको कार्यविधिमाथि उच्च अदालतको कारण देखाउ आदेश

    महेन्द्रनगर, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले संघीय निजामति सेवा ऐनविपरीत कार्यविधि बनाएर सरुवा गरेको भन्दै दुई जना कर्मचारीले उच्च अदालत दिपायल ईजलास महेन्द्रनगरमा दिएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । महेन्द्रनगर ईजलासले सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा...

  • सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा ६७ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा ६७ जनामा कोरोना पुष्टि

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको कोरोना परीक्षण हुदा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...

  • सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

    सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

    धनगढी, असोज १२ (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि...

  • डडेल्धुराको भागेश्वर सीमा क्षेत्रमा बीओपी स्थापना

    डडेल्धुराको भागेश्वर सीमा क्षेत्रमा बीओपी स्थापना

    डडेल्धुरा, असोज १२ (ई-रैवार)  सशस्त्र प्रहरी बलले नेपालको बोर्डर आउट पोष्ट (बीओपी) डडेल्धुरा स्थापना गरेको छ । गृहमन्त्रालयले देशभर विभिन्‍न सीमा क्षेत्रमा बीओपी स्थानका क्रममा डडेल्धुराको भागेश्वर १ रुपालको सेल्टुनामा बीओपी स्थापना गरिएको हो । सीमा सुरक्षा र सीमा स्तम्भहरुको...