आइपिएल : दिल्लीको उत्कृष्ट जित, १४ अंकका साथ शीर्षस्थानमा
एजेन्सी, कात्तिक १ (ई-रैवार) इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो...




