प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : छानविन समिति गठन

धनगढी, भदौ २६ (ई-रैवार)
प्रहरी हिरासतमा मृत्यु भएको भनिएका युवकको घटना छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी हिरासतमा हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको हो ।
प्रहरी हिरासतमा मृत्यु भएको भनिएका रोशन बिकको घटना छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
उनका अनुसार समितिमा २ जना प्रहरी निरीक्षकहरू पनि रहेका छन् । केहि दिन भित्रै समितिले प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने बरिष्ठ प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ बर्षे रोशन बिक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका थिए । शुक्रबार बिकको मृत्यु भएकोमा प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताएपनि उनका आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन् ।





प्रतिकृया दिनुहोस्