April 18, 2026, Saturday
२०८३ बैशाख ५

दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण : सञ्चार गृहमै प्रवेशगरी पत्रकारमाथि कुटपिट

धनगढी, भदौ २६ (ई-रैवार)

कैलालीको दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको भन्दै दिनेश सञ्चार गृहमा कार्यरत संचारकर्मि माथी साँघातिक आक्रमण भएको हो ।

दिनेश एफएमका सम्पादक नवराज पनेरुका अनुसार आज  कार्यालयमा १५–२० जना समुहले एक्कासी प्रवेश गरी समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत  पत्रकारमाथि कुटपिट गरेका छन् ।

दिनेश एफएमका सम्पादक  पनेरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिह लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायव उपरिक्षक विष्टले यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको घटना साचो भएको बताएका छन ।

दिनेश एफएममा आक्रमण भएको घटना भएको सुन्नमा आउन साथ प्रहरी टोली पठाएको प्रवक्ता  प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिएका छन ।