विश्वमा कोरोना : २ करोड ८३ लाख संक्रमित, ९ लाख १३ हजारको मृत्यु

काठमाडौं, भदौ २६ (ई-रैवार)
विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५ सय ६६ पुगेको हो ।
यस्तै एकै दिन थप ५ हजार ९ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २ सय ८४ पुगेको छ ।एकै दिन २ लाख ३६ हजार ६ सय ८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४ सय २८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ । ३९ लाख ५३ हजार ९ सय ३९ जना संक्रमित भएकोमा २२ लाख ९ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८५ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७८ लाख ३३ हजार ५ सय ९ पुगेको छ । त्यसमध्ये ४७ लाख ३९ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ५९ हजार ६७ जनाको मृत्यु भएको छ । ८२ लाख २८ हजार ३ सय १९ जना संक्रमित भएकोमा ६६ लाख ३५ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २३ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । ६९ लाख ३३ हजार ७ सय ५५ जना संक्रमित भएकोमा ५६ लाख ४४ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३२ हजार १ सय ७८ जनाको ज्यान गएको छ भने १३ लाख ३६ हजार ४ सय ७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ७२ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन्
प्रतिकृया दिनुहोस्