बेलौरीमा ब्राउन सुगरसहित २ जना पक्राउ

बेलौरी, भदौ २५ (ई-रैवार)
कंचनपुरको बेलौरीमा लागु औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका–४ बस्ने बर्ष ३० का शेरबहादुर चन्द र शान्तिपुरका ४० बर्षीय मनोज विष्टलाई १९.२६ ग्राम ब्राउन सुगरसहित बेलौरीको ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
विहीबार विहान भारतीय प्लेट यूपि ३१ ए १३८११ नम्बरको मोटर साईकलमा सवार चन्द र विष्टले १९.२६ ग्राम लागुऔषध ब्राउन सुगरलाई हेलमेटमा लुकाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।
प्रहरी निरीक्षक चन्दका अनुसार विषेश सुचनाको आधारमा चेक चाँज गर्दा हेलमेट भित्र थाहा नहुने गरी लुकाएको अवस्थामा ब्राउन सुगरसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलोरीमा राखिएको छ ।
सिमावर्ती भारतीय बजारमा रहेको सरदार डाक्टरबाट किनेर ल्याई नेपालमा बेच्दा एक ग्रामको २ हजार रुपैयाँ कमिशन पाउने गरेको पक्राउ परेकाले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्