April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ३ सय १८ पुग्यो

धनगढी, भदौ २४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको बताएका छन ।

सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीका १८ जनामा संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाका १४ जना, गोदावरी नगरपालिकाका ४ जना र बाजुराको बडिमालिका नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा आज गरिएको १ सय २७ जनाको परीक्षणमा दार्चुला र बझाङका ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका १ जना, र छब्बिसपाथाभारी गाउँपालिकाका १ जना तथा दार्चुलाको ब्यास गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

डोटी अस्पतालको प्रयोगशालामा भने आज परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ३ सय १८ पुगेको छ । उनीहरु मध्ये ५ हजार ३ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भईसकेको छ।