October 29, 2026, Thursday
२०८३ कार्तिक १३

चीन-भारत तनाव : एलएसीमा दुवै देशका सेनाद्वारा फायरिङ, फेरि भिडन्त हुने खतरा

काठमाडौं, भदौ २३ (ई-रैवार)

चीन र भारतको विवादित सीमा क्षेत्र पूर्वी लद्दाखमा फेरि तनाव बढेको छ । सोमबार सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच दोहोरो फायरिङ भएपछि फेरि भिडन्तको खतरा बढेको छ । सञ्चार माध्यमहरूका अनुसार दुवै देशका सैनिकले एक–अर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन् ।

एलएसी ९सीमा रेखा०मा तैनाथ भारतीय सैनिकले गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेर चिनिया सैनिकमाथि चेतावनीस्वरुप गोली ९वार्निङ शट्स० चलाएको चीनले आरोप लगाएको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार गर्न बाध्य भयो ।’ प्रतिकारस्वरुप चिनिया सेनाले पनि फायरिङ गरेको जनाइएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ । कतिपय भारतीय सञ्चारमाध्यमले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि भारतीय सैनिक त्यसको जवाफ दिन बाध्य हुनुपरेको दाबी गरेका छन् ।

तर चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयानमा भनेका छन् कि भारतीय सेनाको यो कदमले दुवै देशबीच एलएसीमा हतियार चलाउन नपाइने नियमको उल्लंघन हो । यसले कदमले सीमामा पुनः तनाव बढाइदिएको उनले बताएका छन् ।

केही दिनअघि मात्र दुई देशका सैनिकबीच सोही इलाकामा झडप भएको थियो । तर यस क्रममा के कति हताहती भयो भन्नेबारे दुवै देशले अहिलेसम्म मुख खोलेका छैनन् ।

गत जुन १५ मा पनि परम्परागत हतियारहित भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिक मारिएको बताइएको थियो ।