April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्‍चनपुरमा एकै परिवारका चार जनामा कोरोना संक्रमण

कञ्‍चनपुर, भदौ २२ (ई-रैवार)

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय परिवारका ४ जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका क्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगीसहित उनीकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार ४ जनासँगै पीसीआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका ३ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो ।

परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन । कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको ४ दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए ।