March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५९ हजार कोरोना संक्रमित थपिए

 

काठमाडौं, भदौं १७  (ई-रैवार) 

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५९ हजार ३ सय २८ जना नयाँ संक्रमित भेटिएका छन् । ५ हजार ८ सय ५० को एकै दिन ज्यान गएको छ । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको हो ।

अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु आइतबार घटेका भए पनि सोमबार फेरि बढेका छन् । सबैभन्दा बढी भने भारतमै बढेका छन् ।

अमेरिकामा मंगलबार ४१ हजार ६ सय ६४ संक्रमित थपिए । सोमबार ३७ हजार ७ सय ५८ जना कोरोनाका संक्रमित थपिएका थिए । आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका थिए । शनिबार ४२ हजार ६ सय ६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६ सय ५७ जना थपिएका थिए ।

समग्रमा अमेरिकामा ६२ लाख ५७ हजार २ सय ५६ जना संक्रमित रहेका छन् । मंगलबार १ हजार १ सय ४० जनाको ज्यान गएको छ । सोमबार ४ सय ९० जनाको मात्र ज्यान गएको थियो । आइतबार ३ सय ६९ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ८८ हजार ८ सय ७६ जनाको ज्यान गइसकेको छ । शनिबार ९ सय ५४ तथा शुक्रबार १ हजार १ सय ५ जनाको ज्यान गएको थियो ।

दोस्रो स्थानको ब्रजिलमा मंगलबार ४१ हजार ८ सय ८९ जना संक्रमित थपिए । सोमबार ४८ हजार ५ सय ९० जना संक्रमित थपिएका थिए । आइतबार १५ हजार ३ सय ४६ संक्रमित मात्र थपिएका थिए । शनिबार ३४ हजार ३ सय ६० तथा शुक्रबार ४८ हजार १ सय १२ जना थपिएका थिए । अहिलेसम्म ब्रजिलमा ३९ लाख ५२ हजार ७ सय ९० जना संक्रमित भइसकेका छन् । निको हुनेको संख्या ३४ लाख ९६ हजार ४ सय ३७ मात्रै रहेको छ ।

अहिलेसम्म १ लाख २२ हजार ६ सय ८१ जनाको ज्यान लिएको ब्रजिलमा मंगलबार १ हजार १ सय ६६ जनाको ज्यान गएको छ । सोमबार ६ सय १९ जना, आइतबार ३ सय ९८ जना, शनिबार ९ सय ४ तथा शुक्रबार ८ सय ६८ जनाको ज्यान गएको थियो । निको हुनेको संख्या ३१ लाख ५९ हजार ९६ रहेको छ ।

भारतमा मंगलबार फेरि बढेको छ । मंगलबार ७८ हजार १ सय ६९ जना संक्रमित थपिए । सोमबार ६८ हजार ७ सय ७० जनालाई कोरोना लागेको थियो । आइतबार सबैभन्दा बढी ७९ हजार ४ सय ५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६ सय ६५ र बिहीबार ७६ हजार ८ सय २६ जना संक्रमित भेटिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ६६ हजार १ सय ८ पुगेको छ । हाल ७ लाख ९९ हजार ५ सय ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार ६२ हजार १ सय ४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४ सय  ३५ जनालाई निको भएको थियो । हालसम्म २८ लाख ९९ हजार ५ सय २१ जनालाई निको भइसकेको छ ।

मंगलबार १०२७ जनाको ज्यान गएको छ । सोमबार ८ सय १८ जना, आइतबार ९ सय ६० जना, शनिबार ९ सय ४३ जनाको ज्यान गएको थियो ।  अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६६ हजार ४ सय ६० पुगेको छ ।

अहिलेसम्म २ करोड ५८ लाख ९० हजार मानिस संक्रमित भएका छन् । ८ लाख ६० हजार ३ सयको हाराहारीमा ज्यान गएको छ । त्यस्तै १ करोड ८१ लाख ८४ हजार भन्दा बढीलाई निको भएको छ ।