April 18, 2026, Saturday
२०८३ बैशाख ५

मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

 

धनगढी, भदौ १३ (ई-रैवार)

मुख्यमन्त्री निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो। उनका श्रीमानमा भने संक्रमण देखिएको छैन् ।

मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले उनको परिवार धनगढी उपमहा नगरपालिकाको वडा नम्वर ४ मै डेरा गरी बस्दै आएको जानकारी दिएका छन् । उनीहरु २०– २२ दिन देखी मुख्यमन्त्री निवासमा  नआएको समेत स्वकिय सचिव ओलीले बताएका छन ।

यसअघि मुख्यमन्त्री कार्यालयका सवारी चालकमा पनि संक्रमण देखिएको थियो भने उनको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित ८३ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मुख्यमन्त्री कार्यालयमा कार्यरत अन्य कर्मचारीका परिवारका सदस्यको समेत कोरोना परीक्षण गरिएको स्वकिय सचिव ओलीले बताएका छन ।