समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

धनगढी, भदौ १३ (ई-रैवार)
धनगढी उप–महानगरपालिकाले भोली देखि मापदण्ड बनाएर समुदायस्तरबाटै कोरोना परीक्षण गर्ने नगर प्रमुख नृपबहादुर वडले बताएका छन ।
पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदायस्तरबाटै कोरोना परिक्षण गर्ने तयारी थालेको नगर प्रमुख वडले बताएका हुन ।
समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख वडले भने, संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनौट विधीको प्रयोग गरेर छनौटमा परेकाहरुबाट स्वाव संकलन गरिने छ ।
धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरेर समुदाय स्तरमा कोरोना परीक्षण गरिने छ नगरप्रमुख वडले भने, विस्तारै परीक्षणको दायरा बढाउदै लगिने छ । धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ ।
उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बढी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ५१ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।





प्रतिकृया दिनुहोस्