भारतमा एकै दिन ७७ हजार संक्रमित थपिए, मृत्यु हुनेको संख्या ६१ हजार ५ सय २९ पुग्यो

काठमाडौं, भदौ १३ (ई-रैवार)
भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २ सय ६६ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन ।
विश्व स्वास्थ्य संगठनले भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ५ सय २९ पुगेको जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।
भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको रहेको छ । हालसम्म संक्रमितको संख्या ३३ लाख ८७ हजार ५ सय पुगेको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा रहेको छ । विश्वमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार २ सय ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ६ हजार ४ सय २४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख २७ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९ सय २३ पुगेको छ ।
प्रतिकृया दिनुहोस्