नेपाली सेनाले गर्यो धनगढीमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन
- Eraibar
- २०७७ भाद्र १०, बुधबार १६:०७
- 16 Shares

धनगढी, भदौ १० (ई-रैवार)
उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरसका संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो ।
मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४५ बर्षीय पुरुषको आज मृत्यु भएपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले सरकारले जारी गरेको मापदण्ड अनुसार मृतकको शव व्यवस्थापन गरीएको जनाएको छ ।
धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि हिजो राति नै उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्