नेताहरु भेटेपछि भारतीय राजदूत पुगे एकसाताका लागि दिल्ली
काठमाडौं, भदौ १० (ई-रैवार)
भारतीय राजदूत विजयमोहन क्वात्रा एकसाताका लागि स्वदेश फर्केका छन् । राजदूत विजयमोहन क्वात्रा नेपाल स्थित उच्चस्थरिय नेताहरुलाई भेटघाटगरी एकसाताका लागि स्वदेश फर्केएका हुन ।
राजदूत विजयमोहन क्वात्रा सत्तारुढ नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली, अर्को अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधव नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर एकसाताका लागि स्वदेश फर्केका हुन् ।
राजदूत विजयमोहन नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा पनि गोरखपुरसम्म बाइरोड र त्यहाँबाट प्लेनमार्फत नयाँ दिल्ली पुगेका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच लामो संवादहीनता तोड्दै टेलिफोन कुराकानी भएको थियो ।
ओली र मोदीबीचको कुराकानीपछि दुई देशबीच सम्बन्ध सङ्लिने अपेक्षा एकातिर गरिएको छ भने अर्का तिर नेकपाको विवाद नमिलेको अवस्थामा भारतको भूमिकाका विषयमा समेत प्रश्न उठाउने गरिएको छ ।
यी दुई अवस्थामा भारतीय राजदूतले नेपालदेखि स्वदेश सम्म सक्रियता बढाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतीय राजदूत क्वात्राले नेपालमा भएको उच्चस्तरिय भेटघाट र पछिल्लो राजनीति अवस्थाका बारेमा भारतको पीएमओ अफिस, परराष्ट मन्त्रालय, नेपाल डेस्कमा क्वात्राले जानकारी गराउने छन् ।
प्रतिकृया दिनुहोस्