March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

कोरोना भाइरस संक्रमित, मृत्यु र निको हुनेमा भारत अगाडि, कहाँ कति ?

 

काठमाडौं, भदौ ९  (ई-रैवार)

विश्वभर सोमबार २ लाख ११ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिँदा मृतकको संख्या ४ हजार ३ सय बढी रहेको छ ।

थपिनेमा भारत सबैभन्दा अगाडि रहेको छ । सोमबार भारतमा ५९ हजार ६ सय ९६ जना संक्रमितहरु थपिँदा निको हुनेहरु ६६ हजार ३ सय ५ जना रहे । त्यस्तै ज्यान गुमाउने ८ सय ५४ जना रहेका छन् ।

यो संगै भारतमा संक्रमित ३१ लाख ६४ हजार ८ सय ८१ जना पुगेका छन् । निको हुनेको संख्या २४ लाख ३ हजार १ सय १ पुगेको छ । अहिलेसम्म ज्यान जानेको संख्या ५८ हजार ५ सय ४६ पुगेको छ । समग्रमा भारत तेस्रो स्थानमा रहेको छ ।

समग्रमा शीर्ष स्थानको अमेरिकामा सोमबार ४० हजार ५ सय ३६ जना संक्रमित थपिएर ५९ लाखा १४ हजार ६ सय ८२ पुगेका छन् । मृतक ४ सय ९३ थपिएर १ लाख ८१ हजार ९७ पुगेका छन् ।

दोस्रो स्थानको ब्रजिलमा २१ हजार ४ सय ३४ थपिएर कुल संक्रमित ३६ लाख २७ हजार २ सय १७ जना पुगेका छन् । मृतक सोमबार ६ सय ७९ थपिएर १ लाख १५ हजार ४ सय ५१ पुगेका छन् ।

चौथो स्थानको रुसमा ४ हजार ७ सय ४४ संक्रमित थपिएर कुल ९ लाख ६१ हजार ४ सय ९३ पुगेका छन् । मृतक ६५ थपिएर १६ हजार ४ सय ४८ पुगेका छन् ।

पाँचौं दक्षिण अफ्रिकामा १ हजार ६ सय ७७ जना संक्रमित थपिएर ६ लाख ११ हजार ४ सय ५० पुगेका छन् । मृतक १०० थपिएर १३ हजार १ सय ५९ पुगेका छन् ।

पेरुमा ६ हजार ११२ थपिएर ६ लाख ४ सय ३८ संक्रमित पुगेका छन् । मृतक १ सय ५० थपिएर २७ हजार ८ सय १३ पुगेका छन् ।

सातौं मेक्सिकोमा ३ हजार ९ सय ४८ संक्रमित थपिएर ५ लाख ६० हजार १ सय ६४ पुगेका छन् । मृतक २ सय २६ थपिएर ६० हजार ४ सय ८० पुगेका छन् ।

कोलम्बियामा १० हजार ५ सय ४९ जना थपिएर संक्रमित ५ लाख ५१ हजार ६ सय ९६ पुगेका छन् । २ सय ९६ जना मृतक थपिएर १७ हजार ६ सय १२ पुगेका छन् ।

नवौं स्पेनमा २ हजार ८० संक्रमित थपिएर ४ लाख २० हजार ८सय ९ पुगेका छन् । मृतक १२ थपिएर २८ हजार ८ सय ७२ पुगेका छन् ।

दशौं चिलीमा १ हजार ९सय ३ जना संक्रमित थपिएर ३ लाख ९९ हजार ५ सय ६८ पुगेका छन् । मृतक ६४ थपिएर १० हजार ९ सय १६ पुगेका छन् ।

अन्य थपिएका मृतकमा अर्जेन्टिनामा ३ सय ८१, इरानमा १ सय ३३, इराकमा ९१, इन्डोनेसियामा ७९, बोलिभियामा ६७ जनाको ज्यान गएको छ । बंगलादेश र साउदी अरेबियामा ४२–४२ थपिएका छन् ।

हाम्राकुराबाट