भारतीय कांग्रेस आईको बैठक जारी, नयाँ अध्यक्ष बनाउने बारे बहस

काठमाडौं, भदौ ८ (ई-रैवार)
भारतीय कांग्रेस आईको नयाँ अध्यक्षका लागि कांग्रेस कार्यसमिति बैठक जारी रहेको छ । जुम बैठकमा नयाँ अध्यक्ष बनाउने बारे बहस भइरहेको छ ।
अन्तरिम अध्यक्ष सोनिया गान्धीले नेतृत्व सम्हालेको एक वर्ष गत अगष्ट १० मै सकिएको छ । एक वर्षभित्रै अध्यक्ष बनाउने गरी उनले अन्तरिम अध्यक्ष सम्हालेकी थिइन् ।
गत वर्षको निर्वाचनमा पराजित भएपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए ।
बैठक चलिरहँदा दिल्लीस्थित पार्टी मुख्यालय बाहिर कांग्रेस कार्यकर्ताहरुले गान्धी परिवारलाई नै नेतृत्व सुृम्पनु पर्ने भनी नाराबाजी गरिरहेका छन् । सोनियाले विभिन्न समयमा गरी २० वर्ष पार्टीको नेतृत्व सम्हालिसकेकी छिन् ।
राहुलको नेतृत्वमा पार्टीले लोकसाभा चुनाव हारेपछि उनले राजीनामा दिएका थिए । कार्यकर्ता भने कांग्रेस सम्हाल्ने हैसियत गान्धी परिवारमा मात्र रहेको भन्दै राहुल वा प्रियंका गान्धीलाई बनाउन माग गरेका छन् ।
उनीहरुले अरु कसैमा कांग्रेस चलाउने हिम्मत नभएको बताएका छन् । उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भिड्ने एकमात्र कांग्रेस नेता राहुल भएको पनि बताएका छन् ।
एक थरिले भने गान्धी परिवारबाट बाहिर गए कांग्रेस फुट्ने बताएका छन् । १३५ वर्ष पुरानो कांग्रेसको इतिहासमा ३८ वर्षसम्म जवाहरलाल नेहरु–महात्मा गान्धी परिवारका सदस्यहरु नै अध्यक्ष बनेका छन् ।
प्रतिकृया दिनुहोस्