विश्वमा २ करोड ३० लाख कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ८ लाख ९ सय ६ पुग्यो

काठमाडौं, भदौ ८ (ई-रैवार)
कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २ सय ८८ पुगेको हो ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा विश्वमा ५ हजार ७ सय ७२ कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७ सय ७२ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ५ हजार ९ सय २६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९सय ६ संक्रमितको ज्यान गइसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३० लाख ४४ हजार ९ सय ४० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार २ सय ३९ संक्रमित थपिएका छन् । सोही अवधीमा ९ सय १२ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ज्यान जानेको संख्या ५७ हजार ६ सय ९२ पुगेको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।
प्रतिकृया दिनुहोस्