March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

पाँच वर्ष मुनिका बालबालिकालाई मास्क नलगाउँदा पनि हुन्छ : डब्लूएचओ

 

काठमाडौ, ७ भदौ (ई-रैवार)

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन आह्वान गरेको छ । कोरोनाको बढ्दो संक्रमणका कारण विश्वमा मास्क अनिवार्य बनिरहेका बेला डब्लुएचओले ५ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाले मास्कको प्रयोग गर्नु नपर्ने बताएको हो ।

यसैगरी, ६ वर्षभन्दा माथि र ११ वर्षभन्दा मुनिका बालबालिकालाई मास्कको प्रयोग गर्न भनिएको छ । तर, मास्क लगाउँदा र खोल्दा परिवारका सदस्यले सहयोग गर्नुपर्ने र उनीहरूको अवस्थाबारे अनिवार्य रुपमा ख्याल गर्नुपर्ने डब्लुएचओको ठहर छ ।

डब्लुएचओले कोरोनाको महामारीमा १२ वर्षभन्दा माथिका बालिबालिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । मास्कका सम्बन्ध जुन देशले वयस्कको हकमा जस्तो नियम लागू गरेका छन् त्यही नियम १२ वर्षभन्दा माथिका बालबालिकामा पनि लागू गर्न भनिएको छ ।

बालबालिकामा कोरोनाको फैलावट कति छ भनेर अझै स्पष्ट नभएको बताएको डब्लूएचओले किशोर आयुका बालबालिकाले वयस्क झैं भाइरस फैलाउने जोखिम हुन्छ ।

यसैगरी, डब्लुएओले ६० वर्षभन्दा मुनिका व्यक्तिलाई कपडाबाट बनेको मास्क प्रयोग गर्न भनेको छ, भने त्योभन्दा माथिका र विरामीबाट ग्रस्तलाई मेडिकल मास्क प्रयोग गर्न भनिएको छ ।