गृहमन्त्री थापा सहितको टोली अछाममा, बाढीपीडित परिवारहरु संग भेटघाट

अछाम, भदौ ५ (ई-रैवार)
गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोलीले बाढीपीडितको अवस्था बुझी, पीडित परिवारहरु संग भेटघाट गरेका छन । अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका बाढीपीडित बारे जानकारी लिन नेपाल सरकारका गृहमन्त्री थापा सहितको टोलीले आज पीडित परिवारहरु संग भेटघाट गरेका हुन ।
काठमाडौबाट सुर्खेत पुगेका गृहमन्त्री थापा सहितको टोली त्यहाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेस कुमार सिंहले बताए ।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा सहितको टोली घटना स्थल पुगेको हो ।

पीडित परिवारलाई भेटि सरकारको तर्फबाट उचित राहत तथा हराइरहेकाहरुको खोजि कार्यमा कुनै कमि हुन नदिने बताउदै सुर्खेत फर्केका गृहमन्त्री थापा मौसममा आएका खराबीका कारण अछामकै साफेमा रहेका छन ।
बाढीमा हराइरहेका मध्ये फेला परेका थप तिनजनाको समेत सनाखत भएको छ । सनाखत हुनेमा रामारोश गाउपालिका ५ कै बबिता बुढा साउद, अमर साउद र ननसरा शाह रहेको प्रहरी बरिष्ठ उपरिक्षक सिंहले बताए ।
यसअघि फेला परेका रामारोशन गाउँपालिका–५ सैनीबजारका नबिन साउद, चन्द्र साउद र गौरी शाहको रहेका थिए । गत मंगलबार राति करीब १२ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भई हराइ रहेकाहरुको उद्दार तथा खोजका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयहरु खोजिकार्यमा लागि रहेका छन ।





प्रतिकृया दिनुहोस्